Headlines News :
Home » » दोधारे प्रवत्ति त्याग्न एकीकृत नेकपा माओवादीसँग कोइरालाको आग्रह

दोधारे प्रवत्ति त्याग्न एकीकृत नेकपा माओवादीसँग कोइरालाको आग्रह

Written By Namastesansar on Saturday, August 4, 2012 | 3:50 AM

साउन ६ – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दोधारे प्रवत्ति त्याग्न एकीकृत नेकपा माओवादीसँग आग्रह गर्नुभएको छ । बिपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंको धापासीमा भएको कार्यक्रममा सभापति कोइरालाले एउटा कुरा बोल्ने र अर्को काम गर्ने प्रवृत्ति माओवादीले त्याग्नु पर्ने बताउनुभयो ।

‘अरुलाई मूर्ख बनाउने र धोखा दिने काम छोडनुस्’, माओबादी अध्यक्ष प्रचण्डप्रलाई कोइरालाको सुझाव थियो, ‘मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागु गर्नुस् ।’ हत्या हिंसाको नीतिको कारण माओवादीमा विग्रह र अराजकता बढ्दै गएको उहाले टिप्पणी गर्नुभयो ।

शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि सबै दल सहमतिमा आउनुको विकल्प नभएको दोहोर्‍याउँदै सभापति कोइरालाले काँग्रेसले वार्ता र सङ्घर्षका कार्यक्रमलाई एकसाथ लिएर अघि बढेको बताउनुभयो ।

बिपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट अहिलेको राजनीतिक संकटको निकास काँग्रेसले नै दिने कोइरालाको भनाई छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template