Headlines News :
Home » » पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई डेढ बर्ष कैदको फैसला

पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई डेढ बर्ष कैदको फैसला

Written By Namastesansar on Saturday, August 4, 2012 | 3:49 AM

साउन १०, विशेष अदालतले पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई डेढ बर्ष कैदको फैसला सुनाएको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्कीको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार विरुद्धको मुद्धामा बुधबार कैद फैसला सुनाएको हो ।

उनलाई २ करोड १४ लाख १६ हजार विगो र सोही वरावर जरीवाना समेत तोकेको छ । जोशीले ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारले मुद्दा लगाएको थियो तर विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले हद म्याद नाघेको तर्क दिँदै मुद्दाको तथ्यभित्र प्रवेशै नगरी आरोपपत्र खारेज गरिदिएका थिए ।

विशेष अदालतले २०६३ कात्तिक ३० गते गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन परेको पाँच वर्षपछि गत पुस २४ गते सर्वोच्च अदालतले तीन पटक गृहसहित ७ पटक मन्त्री भएका जोशीको मुद्दा उल्ट्याउँदै जो जे बुझ्नु छ बुझी तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भन्दै मिसिल विशेष अदालतमा नै फिर्ता पठाउने आदेश गरेको थियो ।

जोशीविरुद्धको उक्त मुद्दामा उनीबाहेक उनका छोरा दिनेशराज जोशी, सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारी प्रतिवादी छन् । जोशीले कमाएको अवैध सम्पत्ति लुकाउन उनीहरू मतियार भएको अख्तियारको अभियोग छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template