Headlines News :
Home » » मन्त्री र आइजीपीबीचको विवादका कारणले प्रहरीमा बढुवा रोकियो

मन्त्री र आइजीपीबीचको विवादका कारणले प्रहरीमा बढुवा रोकियो

Written By Namastesansar on Saturday, August 4, 2012 | 3:17 AM

साउन १४, काठमाण्डौं । नेपाल प्रहरीमा लामो समयदेखि रिक्त प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को बढुवा तत्काल नहुने भएको छ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादार र प्रहरी महानिरीक्षक रबीन्द्रप्रताप शाहबीच बढुवाको विषयमा विवाद भएपछि अन्तिम चरणमा पुगेर एसपी र डीएसपीको बढुवा प्रक्रिया नै रोकिएको हो ।

स्रोतका अनुसार महानिरीक्षक शाहले डेढ महिनापछि अवकाश पाउने कारण देखाई वरिष्ठता मिचेर बढुवा गर्न नहुने अडान राखेका छन् । उनले मन्त्रीको दवावमा परी आफुले बढुवाको सिफारिस नगर्ने बताएपछि मन्त्रीसँगको विवाद चर्किएको राजधानी दैनिकले खबर छापेको छ ।

महानिरीक्षक शाहको अडानलाई गृहमन्त्री गच्छादारले आफ्नो अपमान गरेको भन्दै आपत्ति जनाउनुका साथै प्रहरी प्रधान कार्यालयको सिफारिस जस्ताको तस्तै सदर गर्न नसकिने चेतावनी पनि दिएपछि विवाद झनै बढेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । सोही विवादका कारण एसपी र डीएसपीका लागि तत्काल बढुवा नहुने स्थिति आएको पनि स्रोतको भनाई छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template