Headlines News :
Home » » विमानस्थल भारतीय कम्पनलाई दिने विषय अघि नबढेको दाबी

विमानस्थल भारतीय कम्पनलाई दिने विषय अघि नबढेको दाबी

Written By Namastesansar on Saturday, August 4, 2012 | 3:51 AM

२४ असार । कामचालउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नाराणमान विजुक्छेसँग भेटबार्ता गरेका छन् ।
भक्तपुरमा आज विहान भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वजेट र अन्य विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भट्टराईले सरकारले अध्यादेशबाट ल्याउन लागेको वजेटमा सहयोग गर्न आग्रह गरेका छन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘सहमतिबाटै नयाँ बजेट आउछ, त्यसका लागि मैले राजनीतिक सम्बाद गरिरहेको छु ।’
नेमकिपाका अध्यक्ष विजुक्छेले सर्वदलीय सहमति जुटाएर बजेट ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । ‘सर्वदलीय संयन्त्र बनाएर सहमतिमै बजेट ल्याउन सुझाव दिएको छु ।’
सरकारले अध्यादेशबाट ल्याउन लागेको आर्थिक अध्यादेश बजेटको चौतर्फि बिरोध भईरहेका समयमा भट्टराईले विजुक्छेसँग भेटगरी सहयोग गर्न आग्रह गरेका हुन् ।
यसैवीच, नेमकिपा अध्यक्ष विजुक्छेले भारतीय कम्पनीलाई त्रिभुवन विमानस्थलको व्यवस्थापन गर्न दिने विषयमा प्रधानमन्त्री भट्टराईसँग जानकारी मागेका छन् । सो क्रममा भट्टराईले पत्रपत्रिकामा आए जस्तो त्रिभुवन विमानस्थल भारतीय कम्पनलाई दिने विषय अघि नबढेको दाबी गरेका छन् ।
प्रधानमन्त्री भट्टराईलाई उदृत गर्दै विजुक्छेले भने, ‘त्रिभुवन विमानस्थल भारतीय कम्पनीलाई दिने भन्ने जसरी कुरा आएको छ, त्यो सत्य होइन भन्ने जवाफ मैले पाँए ।’ भारतीय निजी कम्पनीलाई सरकारले व्यवस्थापन दिने समाचार सार्वजनिक भएपछि चौतर्फि विरोध समेत भएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template