Headlines News :
Home » » माओवादीसँगको सम्बन्ध टुट्न सक्छः नेपाल

माओवादीसँगको सम्बन्ध टुट्न सक्छः नेपाल

Written By Namastesansar on Saturday, August 4, 2012 | 11:25 AM

२० साउन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले माओवादीसँगको सम्वन्ध टुट्ट सक्ने बताउनु भएको छ ।

शनिबार पार्टी कार्यकर्ता प्रशिक्षणमा नेता नेपालले भन्नुभयो-माओवादीसँगको सम्बन्धबारे हाम्रो नेपाली काँग्रेससँग कुराकानी भइराखेको छ । ऊसँगको हाम्रो सम्बन्ध टुट्न सक्छ ।’

उहाँले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सहमतिलाई लत्याएर संक्रमणकाल लम्ब्याइरहेको आरोप लगाउनुभयो । सरकार टिकाउन प्रधानमन्त्रीले भारतसमक्ष आत्मासमर्पण गरेको उहाँको भनाई थियो ।

माओवादीकै कारण संविधानसभा विघटन भएको भन्दै उहाँले उहाँले २८ महिनासम्म नेतृत्व सम्हालेको एमालेले सहमतिलाई नलत्याएको दावी गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले एमाले सङ्घीयता विरोध पार्टी नभएको स्पष्ट पार्नुभयो । प्रशिक्षणमा धौलागिरी, गण्डकी, लुम्बिनीका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template